गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते भएका छन् भने १५ वटाभन्दा धेरै घरगोठ पनि जलेका छन्। इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागेर आगो बस्तीमा पस्दा उक्त घटना भएको हो ।
डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएका गुल्मी प्रहरीले जनाएको छ । डढेलो बस्तीमा पस्दा अहिलेसम्म १५ वटा घर, पसल र गोठ जलेका छन् । आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको बताईएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??