बुटवल ।
रुपन्देहीको कञ्चन – ०३, हरैयामा अवस्थित हरैया बहुमुखी क्याम्पसमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता सम्पन्न प्रतियोगितामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियो । नेपालमा सङ्घीयता : फाइदा वा बेफाइदा शीर्षकमा सञ्चालित प्रतियोगितामा बिएड प्रथम वर्षका सर्वेश धवल प्रथम , सोही कक्षाकै राजनन्दनी हरिजन द्वितीय र बिबिएस दोस्रो वर्षका गजेन्द्र विश्वकर्मा तृतीय भएका छन ।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्रकाश खनालले प्रतियोगितामा सहभागी विद्यार्थीको मुक्तकण्ठले प्रशंसा गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन क्याम्पस सधैँ अग्रसर हुने बताउनुभयो ।
अतिरिक्त क्रियाकलाप समितिका संयोजक कुशबहादुर पौडेलको अध्यक्षता तथा प्राध्यापक शिवकला खनालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।