काठमाण्डाै ।
तराईका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि आउँदो १४ गते शुक्रबारसम्म तातो हावा चल्नेछ ।
तराई मधेशमा दुई दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ ।
तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, लगायतका समस्या हुन सक्छन्। तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न, हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ।