काठमाण्डौ ।
आज लुम्बिनी प्रदेश सहित पाँच प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य भन्दा बढी हुरीबतासको सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ सहित बाग्मती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् संजिव अधिकारीले जानकारी दिनुभयो ।
यस्तै लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।
तराई मधेशका जिल्लामा अझै केही दिन तातो हावा चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।