spot_img
spot_img
spot_img

कतारका राजा आज नेपाल आउँदै, देशमा सार्वजनिक बिदा

spot_img

काठमाण्डौ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । मंगलबार (आज) साँझ ५ बजे उहाँ विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुूग्नुहुनेछ । राष्ट्रपति रामचन्द्र पोडेलले विमानस्थलमा उहाँको स्वागत गर्ने कार्यक्रम रहेको छ ।

कतारका अमिर थानीको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्दैछ । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । अमिरको भ्रमणका अवसरमा गरिने सम्झौता तथा समझदारीका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको सम्मानमा शीतल निवासमा रात्री भोजको आयोजना गरिने भएको छ ।

कतारी राजाले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यसुची तय भएको छ भने भेटकै क्रममा प्रधानमन्त्री र कतारी अमिरबीच दइ पक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनसक्ने जनाइएको छ ।

उहाँ आउने समय साँझ ५ बजेदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार साँझ साढे ४ देखि साँझ ५ बजेसम्म अतिविशिष्ट व्यक्ति (भीभीआईपी)का लागि विमानस्थल बन्द हुने भएको हो।

यस्तै बुधबार राजा फिर्ता हुने समयमा पनि विमानस्थल आधा घण्टा बन्द हने भएको छ । सरकारले कतारी राजा नेपाल भ्रमणमा आउने दिन आज मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img