काठमाण्डौ ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाण्डाै आइपुग्नुभएकाे छ । थानी दिउँसाे पाैने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हाे । दुई दिने नेपाल भ्रमणको लागि आउनुभएका थानीलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ ।
अमिरलाई स्वागत गर्न विमानस्थलमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुग्नुभएकाे थियाे । उहाँकाे सम्मानमा नेपाली सेनाले सलामी दिएकाे छ । उहाँले आजै राष्ट्रपति पाैडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँकाे सम्मानमा राष्ट्रपतिले रात्रिभाेजकाे आयाेजना गर्नुभएकाे छ ।
भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ ।
कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।