काठमाडौं ।
राष्ट्रिय विकास परिषदको बैठक आज बस्दैछ। राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बैठक आव्हान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बस्दैछ ।
बैठकले सरकारको १६औं योजनालाई अन्तिम रूप दिनेछ । बैठकलाई आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??