काठमाण्डौ ।
इलाम क्षेत्र नं २ मा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत बैशाख १५ गते हुने चुनावका लागि सबै तयारी पूरा भएको मुख्यनिर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
मुख्यनिर्वाचन अधिकृत घिमिरेले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरु पनि निर्माण भइसकेको बताउनुभयो । उहाँले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताउनुभयो । उहाँले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??