spot_img
spot_img
spot_img

‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता ५ दिनदेखि बेपत्ता

spot_img

काठमाण्डौ ।

‘तारक मेहताका उल्टा चश्मा’ मा सोधीको भूमिका निभाएका अभिनेता गुरचरण सिंह पछिल्लो ५ दिनदेखि बेपत्ता छन् । २२ अप्रिलमा उनी नयाँ दिल्लीबाट मुम्बईको लागि प्रस्थान गरेका थिए, त्यसपछि उनको बारेमा कसैलाई खबर छैन । यस मामिलामा गुरुचरणका बुबाले अप्रिल २५ मा दिउँसो ३ बजे दिल्लीको पालम पुलिस स्टेशनमा हराएको उजुरी दिएका थिए। प्रहरीले अपहरणको मुद्दा दर्ता गरेको छ । प्रहरीले सीसीटीभी फुटेज प्राप्त गरेको छ जसमा गुरचरण सिंह घरबाहिर निस्किएको देखिन्छ ।

सिंहको फोन पनि २४ अप्रिलसम्म चलिरहेको थियो तर अहिले स्वीच अफ भइसकेको छ । गुरुचरणका बुबा हरगित सिंहले भने, ‘एसएचओले मलाई बोलाएर मेरो छोरालाई छिट्टै फेला पार्ने आश्वासन दिनुभएको छ छन्। गुरुचरण सकुशल र खुसी छन् भन्ने कामना गर्दछु।’

दैनिक भास्करसँगको विशेष कुराकानीका क्रममा गुरचरणका परिवारसँग निकट रहेका एक जनाले भने, ‘गुरुचरण २२ अप्रिलमा दिल्लीबाट मुम्बईका लागि प्रस्थान गरेका थिए । केही दिनदेखि उनको अवस्था ठिक थिएन । त्यो दिन राति ९:३० बजे उसले मलाई मेसेज पठाएको थियो ।

उसको उडान ९:३० मा थियो र उनी ११:४० मा मुम्बई एयरपोर्टमा अवतरण गर्ने कार्यक्रम थियो। उसलाई लिन म ११.२५ बजे एयरपोर्ट पुगेँ । पार्किङ लाइन धेरै लामो थियो । त्यसैले मैले सोचे कि उसले फोन गरेपछि पार्किङमा गएर उसलाई पिक अप गर्नेछु। उनलाई त्यहाँ दुई घण्टा पर्खिए तर उनी आएनन्।’

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img