spot_img
spot_img
spot_img

इलाम क्षेत्र नम्बर २ र बझाङमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न

spot_img

काठमाडौं ।

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

इलाम–२ मा ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् । उहाँले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने क्रम जारी रहेको बताउनुभयो । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img