काठमाण्डौ ।
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ लिनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहनुभएकी डा. शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।
एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??