बुटवल ।
देवदह नगरपालिकाको १४औ नगरसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभामा नगरप्रमुख ध्रुव प्रसाद खरेलले आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो । नगरको १४औँ नगरसभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरिएको छ ।
नगरप्रमुख खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाकृषि तथा पशुपालन, उद्योग तथा रोजगारी, शिक्षा,स्वास्थ्य, सामाजिक विकास, खानेपानी तथा सरसफाई, खेलकुद,कला साहित्य, संचार, विपद व्यवस्थापन आदिबारे नगर सरकारले लिने नीति वारे उल्लेख गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??