काठमाडौं ।
साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक स्थिर रह्यो । दिनभरको उतार चढावपछि अन्तिम समयमा नेप्से शून्य दशमलव ०७ अंकले बढेर १९८० को विन्दुमा रोकिएको हो ।
आज ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा पोखरा फाइनान्सको सर्वाधिक १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव १७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूह साढे १ प्रतिशत भन्दा बढीले बढेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??