एजेन्सी ।
कोभिड १९ विरुद्धको खोप विकास गर्ने प्रमुख चिनियाँ वैज्ञानिकमाथि भ्रष्टाचारको आरोप लागेको छ । ६२ बर्षिय वैज्ञानिक याङ स्याओमिङमाथि अनुशासन उल्लंघन र भ्रष्टाचारको अभियोग लागेको हो । अभियोसंगै उहाँलाई चिनियाँ जनकंग्रेसको सदस्यबाट बर्खास्त गरिएको छ ।
याङले कोभिडविरुद्धको खोप विकासमा चिनियाँ अनुसन्धानकर्ताहरुको टिमको नेतृत्व गर्नुभएको थियो भने उनकै टीमले सिनोफार्म खोप विकास गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार विरोधी कठोर अभियान अन्तर्गत छानविन हुँदा वैज्ञानिक याङ पनि छानविनको घेरामा परेका थिए । उनीमाथि थप के कस्तो सजाय हुन्छ भन्ने चाहीँ खुलाइएको छैन ।