spot_img
spot_img
spot_img

मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस कागबेनीमा दुर्घटना: २१ जना घाईते

spot_img

काठमाडौं ।

जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलवार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा दुर्घटनामा परेको छ ।

काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी गराएको हो ।

बस दुर्घटनामा २१ जना  घाईते भएका छन । घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भईरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img