काठमाडौं ।
टी–ट्वेन्टी श्रृंखला अन्तर्गत वेष्ट इण्डिजसँग भएको तेस्रो खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपाल ७६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
जितसँगै वेष्टइण्डिजले श्रंखलामा २–१ को अग्रता बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले जोनसनको शतकमा नेपाललाई २२८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९ दशमलव २ ओभरमा अल आउट हुँदै १५१ रन मात्रै बनाउन सक्यो ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो। चौथो खेल भोलि र अन्तिम खेल शनिबार हुनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??