काठमाण्डौ ।
सरकारले अब एक सय रुपैयाँको नोटमा नयाँ नक्शा छाप्ने निर्णय गरेको छ । बैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।
नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो । यस भन्दा पहिला पुरानो नक्शा भएको नोट रहेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??