काठमाडौं ।
आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नेगरी बजेट निर्माण गरिने अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्व बजेट सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री पुनले पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि प्रतिष्पर्धी क्षेत्र भएकाले सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउनमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभएक छ । साथै उहाँले सरकारले शिक्षा र स्वास्थलाई पनि प्राथमिकता दिने बताउनुभयो ।