गुल्मी ।
गुल्मीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो। सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
माटो खनिरहेका बेला अचानक ढिस्को खस्दा विष्णु र हुमकला पुरिएका थिए। घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??