spot_img
spot_img
spot_img

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

spot_img

काठमाण्डौ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ । गत चैत २५ गते प्रदेशसभाको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत लिन लाग्नुभएको हो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादित बनेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मत लिनका लागि अहिले दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गर्नुहुनेछ ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर सत्तारुढ दलहरुले भने सभामुख तटस्थ हुने भएकाले उनको गणना नगरी ५९ प्रदेशसभा सदस्यमध्येबाट बहुमत पुर्‍याए हुने दाबी गरिरहेका छन् । यसरी ३० जनाको समर्थन भएमा मुख्यमन्त्रीले विश्वासको मत पाएको मानिने उनीहरुको भनाइ छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img