काठमाण्डौ ।
अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल एप्पलको बिक्री लगभग सबै देशमा घटेको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो आकडाले यस्तो देखाएको हो । कम्पनीले बताएअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा स्मार्टफोनको बिक्री १० प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा यूरोपबाहेक हरेक क्षेत्रमा कम्पनीको बिक्री घटेको बताइएको छ । कम्पनीको आम्दानी एक वर्ष अघिको तुलनामा ४ प्रतिशतले घटेर ९० अर्ब ८० करोड डलरमा समेटिएको छ । आम्दानीमा आएको यो कमी एक वर्षयताकै सबैभन्दा धेरै भएको बताइएको छ । कमी अपेक्षाकृत भन्दा कम भएकोले यसको असर न्यूयोर्कमा नियमित समयपछिको कारोबारमा एप्पलको शेयरमा परेन । एजेन्सी