spot_img
spot_img
spot_img

कोलकाता नाइट राइडर्सको लखनउ सुपर जायन्ट्समाथि शानदार जित

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

कोलकाताले प्रस्तुत गरेको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो । टोलीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कप्तान केएल राहुलले २५ रन तथा एस्टन टर्नरले १६ रन तथा आयुश बदोनीले १५ रन र निकोलस पुरनले १० रन बनाए ।

अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्। लखनउलाई सस्तोमा समेट्न हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए भने आन्द्रे रसले २ तथा सुनिल नरेन र मिचेल स्टार्कले १–१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । कोलकाताका लागि प्लेयर अफ द म्याच घोषित सुनिल नरेनले ३९ बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ६ चौका र ७ छक्का हिर्काए । उनलाई अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२ रन बनाउँदै राम्रो साथ दिए ।

खेलको अन्त्यतिर कप्तान श्रेयर ऐयरले २३ रन र रमनदीप सिंहले २५ रन प्रहार गरे । लखनउका लागि नविन उल–हकले ३ तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले १–१ विकेट लिए । जितपछि ११ खेलबाट कोलकाताको १६ अङ्क छ । टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img