काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदैछ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५५औँ खेल हो । निरन्तरको खराब प्रदर्शनपछि मुम्बई इन्डियन्स उपाधि होडबाट बाहिरिइसकेको छ । सनराइजर्स हैदराबादको भने प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ । सनराइजर्स हैदराबादले ११औँ र मुम्बई इन्डियन्सले १२औँ खेल खेल्न लागेका हुन् । हैदराबादले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकोलेको छ । हैदराबाद १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।
अर्कोतिर, मुम्बई इन्डियन्सले यसअघि खेलिएको ११ मध्ये तीन खेलमा जित र आठा खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ । मुम्बई जारी सिजनको आईपीएलमा उपाधि होडबाट बाहिरिने पहिलो टोली पनि हो ।
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको थियो । उक्त खेल हैदराबादको घरेलु मैदानमा खेलिएको थियो ।
-एजेन्सी