spot_img
spot_img
spot_img

गुल्मीमा अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथी कुटपिट

spot_img

बुटवल ।

गुल्मीको जिल्ला अदालतभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । सम्बन्धविच्छेदको लागि जिल्ला अदालतमा पुगेका छत्रकोट गाउँपालिका-३ का हर्दिनेटा निवासी दीपक श्रेष्ठले श्रीमतीलाई कुटपिट गरेका हुन् ।

उनीहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए । न्यायाधीशले हिजो आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

कुटपिटबाट घाइते श्रीमती मनसुवालाई थप उपचारका लागि प्रवास पठाईएको छ, भने श्रीमती कुट्ने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए ।

हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – २ चुत्राबेँसीकी मनसुवाबीच ६ वर्षपहिले विवाह भएको थियो । श्रीमान-श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि श्रीमती मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिईन । उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img