spot_img
spot_img
spot_img

देवदहमा किशोरीहरुका लागि ३ दिने सचेतना वृद्धि तथा आत्मरक्षा तालिम

spot_img

बुटवल ।

रुपन्देहीको देवदहमा किशोरीहरुका लागि ३ दिने सचेतना वृद्धि तथा आत्मरक्षा तालिम शुरु भएको छ । सोईया महिला स्वाबलम्बी संस्थाको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने तथा अपराधजन्य गतिविधिबाट आफुलाई जोगाउने उद्देश्य सहित यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाले पछिल्लो समय लैङ्गकि हिंसा रोक्न तिनै तहका सरकार लागिरहेको भएपनि यो समस्य रोकिन नसकेको बताउनुभयो । उहाले लैङ्गकि हिंसामा पनि विशेष गरी महिलाहरु हिंसामा परिरहेको बताउनुभयो । उहाले तालिम पक्ष्यात किशोरीहरुमा आत्मवल बढ्ने तथा महिला हिंसा हुँदा तत्काल र पछि पनि अपनाउनुपर्ने तरिका र कानूनी उपचारका बारेमा समेत सचेतना बढ्ने कुरामा आफु आशावादी रहेको बताउनुभयो । आगामी दिनमा पनि सचेतनामूलक विभिन्न कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिइने उहाले बताउनुभयो ।

सचेतना वृद्धि तथा आत्मरक्षा तालिमको उद्घाटन सत्रमा देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रबक्ता गणेश डुम्रे, प्रहरी निरिक्षक एक्क बहादुर नेपाली, कार्यपालिका सदस्य शान्ता भट्टराई, गीता भण्डारी, रुपा ढुंगाना, खेम नारायण अधिकारी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाका अध्यक्ष केशुमाया थापाको अध्यक्षता, गल्स फस्ट फण्ड परियोनाका संयोजक रोजी गुरुङको स्वागत, संस्थाका लेखापाल राधिका डुम्रेको धन्यवाद ज्ञापन र एलिना हमालको संचालनमा सम्पन्न भएको थियो।
३ दिन सम्म संचालन हुने तालिममा ५० जना किशोरीहरुको सहभागिता रहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img