काठमाडौं ।
आज वैशाख कृष्ण औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमालाई मिठामिठा खानेकुरा तथा उपहार दिएर आजको यो दिनलाई मनाईने गरिन्छ । आजको दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ ।
यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आज थानकोटकोे मातातीर्थमा मेला लाग्ने गर्दछ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । कतिपय भक्तजनहरु अघिल्लो दिन (हिजो) साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र बिहान सबेरै स्नान गरी पूजा गर्ने गर्दछन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??