spot_img
spot_img
spot_img

पञ्जाब र बैंगलुरु भिड्दै : हार्ने टोलीको प्लेअफ खेल्ने सम्भावना समाप्त

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो ।

आज पञ्जाब र बैंगलोर दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ। आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली मुम्बईजस्तै लगभग आउट हुनेछन् । एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img