काठमाण्डौ ।
कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएको प्रहरीले जनाएको छ।
उनी चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुरकी स्थानीय हुन् । काठमाडौँको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??