काठमाण्डौ ।
नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले १९ औं एसियाली खेलकुद, चौथो एसियाली पारा खेलकुद र आईसीसी पुरुष टी-२० वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टीमका पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस निर्णय राष्ट्रिय खेलकुद परिषद, कृकेट एशोसियसन अफ नेपाल क्यानले स्वागत गरेको छन ।