spot_img
spot_img
spot_img

क्यानभासमा ऐतिहासिक देवदह

spot_img

देवदह । मानवले भाषा र लिपिको आविष्कार गर्नुभन्दा अगाडिदेखि नै चित्रकलाको सुरुवात गरेको देखिन्छ । चित्रकला मानव संवेदना, भावना, र विचारहरूलाई रूपान्तरण गर्ने एउटा कलाको रुपमा मानिन्छ ।

ड्रिम देवदह युनिटि फर चेन्जको आयोजना, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको सह आयोजना, लुम्बिनी विकास कोषको पर्वन्दन र देवदह नगरपालिकाको संरक्षकत्वमा क्यानभासमा ऐतिहासिक देवदह -२०८१ शुरु भएको छ । उक्त कार्यक्रम देवदह ९ घोडाहा स्थित खयर डाडाँमा आज र भोली गरी दुई दिन सम्म कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् । क्यानभासमा बौद्ध संग सम्बन्धित तस्बिर उतार्दै कलाकारहरूले प्राचीन बौद्ध मन्दिरहरू, बौद्ध चित्रकला, र बौद्ध धर्मका ऐतिहासिक घटनाहरूको चित्रण गर्नेछन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले यस खालका कार्यक्रमले समाजलाई अग्रगतिमा लैजान, समाजलाई नयाँ दिसा दिनका लागि, विकास निर्माणका हरेक पाईलाहरुमा कोषे ढुङ्गा सावित हुने बताउनुभयो । उहाले कलाकारहरूले अफ्नो कला प्रदर्शनीहरूद्वारा बौद्ध संस्कृति र धरोहरलाई समृद्ध बनाउने क्रममा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा ड्रिम देवदहका सचिव दिपेश बस्यालले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यम बहादुर थापा, देवदह ९ का कार्यवाहक वडा अध्यक्ष चमाकान्त गौडेल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रम ड्रिम देवदहका अध्यक्ष सिद्धचरण भट्टराईको अध्यक्षता, खयर डाँडा संरक्षण समितिका सल्लाहकार पितम्बर खरेलको स्वागत र पवन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img