spot_img
spot_img
spot_img

चीनमा कोभिडको समाचार लेख्ने पत्रकार चार वर्षपछि रिहा हुँदै

spot_img

काठमाण्डौ ।

बुहानमा कोरोना भाइरसको प्रकोपबारे सुरुमा खबर दिने एक पत्रकार चार वर्षको हिरासतपछि सोमबार रिहा हुँदैछिन् । पूर्व वकिलसमेत रहेकी चाङ  चान चाङ चान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर दिने चीनका केही स्वतन्त्र पत्रकारमध्ये एक थिइन् ।

चानलाई सन् २०२० को मेमा पक्राउ गरेर कयौँ महिनापछि चार वर्षको जेल सजाय सुनाइएको थियो । चाङको जेल सजाय सोमबार सकिँदैछ । सन् २०२० को फेब्रुअरीमा वुहानमा लकडाउन गरेपछि चाङ्गले शाङहाईबाट ४०० माइलको यात्रा पूरा गरेर बुहानमा भाइरसको प्रकोपको अवस्था र यसलाई नियन्त्रण गर्न भएका प्रयासबारे रिपोर्टिङ गर्न गएकी थिइन् ।

तीन महिनासम्म उनले बुहानको अवस्था र त्यहाँका बासिन्दाहरूको स्थितिबारे फोटो भिडियोहरू खिचेर आफ्नो वि च्याट, ट्विटर र युट्युबमा पोस्ट गरेकी थिइन्।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img