spot_img
spot_img
spot_img

नेपाल र युएईबीचको खेल नेपालमा नहुने

spot_img

काठमाण्डौ ।

फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ । नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जानकारी दिएको छ ।
एएफसीले दशरथ रंगशाला खेल मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे प्रश्न उठाउदै दशरथ रंगशालामा खेल हुन नसक्ने बताएको थियो।
यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो । उक्त खेल नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो । रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img