इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दैछ । खेल राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
दुवै टोली यो सिजनमा दोस्रो पटक आमनेसामने हुँदैछन्। पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई उसैको घरमा ३ विकेटले पराजित गरेको थियो ।राजस्थान आजको खेल जितेर शीर्ष-२ मा रहेर लिग चरण पूरा गर्न चाहन्छ। जबकि पञ्जाब पहिले नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ।
राजस्थानको १२ खेलमा ८ जित र ४ हारबाट १६ अङ्क छ । टोली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उता पञ्जाब तालिकाको पुछारमा १० औँ स्थानमा छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अङ्क जोडेको छ ।
-एजेन्सीको सहयोगमा