काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले काठमाडौ जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई निर्दोष ठहर गरि सफाई दिएको हो ।
उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किने बाटो खुलेको छ । गत पुष १३ गते काठमाडौ जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना गरेको थियो ।
गत फागुन १० गते सन्दीप जिल्ला आदालको फैसला विरुद्ध उच्च अदालतमा गएका थिए । उच्च अदालतबाट फैसला पूर्णपाठ भने आउन बाँकी छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??