spot_img
spot_img
spot_img

मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते

spot_img

काठमाण्डौ ।

मुम्बईको घाटकोपर क्षेत्रमा सोमबार साँझको आँधीबेहरी र बेमौसमी वर्षाका कारण एउटा पेट्रोल पम्पमा राखिएको १२० फिट लामो होर्डिङ बोर्ड खसेको थियो । बोर्ड खसेर थिच्दा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ। घाइतेको संख्या ७५ जना भएको बताइएको छ । घटना भएको ६३ घन्टापछि उद्धार कार्य बन्द गरिएको छ । एनडीआरएफको दुई टोली उद्धार कार्यमा खटिएको थियो ।

बुधबार अबेर रात थप २ जनाको शब निकालिएको थियो। योसँगै मृतकको संख्या १६ पुगेको हो । सो होर्डिङ बोर्ड एशियाकै सबैभन्दा ठूलो भएको बताइएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। राज्य सरकारले घाइते र मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । घटनाका दोषी मेसर्स इगो मिडिया प्रा. लि. का मालिक भावेश भिण्डे र अन्य केही विरुद्ध कतव्र्यसम्बन्धी मुद्दा दायर गरिएको छ । घटनापछि भिन्डे फरार छन। -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img