काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध गरेपछि आज बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।
बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गर्नुभएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??