नवलपरासीमा अवैध रुपमा ल्याईएका कपडा महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । ५ लाख रुपैयाँ बराबरका ती कपडा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा शुक्रबार दिउँसो भन्सार कार्यालयको गस्ती टोलीले बर्दघाट नगरपालिकाको चिसापानीबाट बरामद गरेको भन्सार कार्यालयले जनाएको छ ।
कपडा लोड गर्नका लागि बसेका व्यक्तिहरु भन्सारको गाडी देखेपछि भागेका थिए । बरामद भएका कपडामा रेडिमेड लेडिज कुर्तासुरवाल, लुङ्गी, ब्लाउजका थान कपडा रहेका छन् । बरामद कपडाको मूल्य ४ लाख ९० हजार कायम गरी लिलाम प्रकृया अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??