काठमाण्डौ ।
प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ७ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर समेत गरेको थियो । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
केटीसाथीलाई आखा झिम्काएको निहुमा सबै मिलेर ट्रफिक जवानको हत्या गरेकाे प्रारम्भिक बयानमा बताएका छन । उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको निर्माणाधीन घरको भुइँमा रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो ।