spot_img
spot_img
spot_img

पतञ्जलीको सोन पापडी खान असुरक्षित

spot_img

काठमाण्डौ ।

भारतीय योगगुरु बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलीले बनाएको सोन पापडी (सोन पापडी)  खानको लागि असुरक्षित पाइएको छ । उत्तरखन्ड राज्यको पिथौरागढको मुख्य न्यायिक मजिस्ट्रेट सञ्जय सिंहको अदालतले पतञ्जली आयुर्वेद लिमिटेड कम्पनीका सहायक महाप्रबन्धक (एजीएम), वितरक कान्हाजी प्राइभेट लिमिटेडका सहायक प्रबन्धक र एक व्यापारीलाई असुरक्षित सोन पापडी विक्री गरेको मामिलामा ६–६ महिना कैद सजाय सुनाएको छ ।

अदालतले तीनै जनालाई ४० हजार जरिवाना तिर्न आदेश पनि दिएको छ । जरिवाना नतिरेमा दोषीहरूले थप कैद सजाय भोग्नु पर्ने बताइएको छ ।

भारतको खाद्य सुरक्षा विभागले सन् २०१९ को अक्टोबर १७ मा बेडिनागबाट अलैंची सोन पापडीको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । जाँचको क्रममा सोन पापडीको ती नमुना असुरक्षित पाइएको छ । राज्यको प्रयोगशालाको परीक्षणबाट आएको प्रतिवेदनमा चित्त नबुझेपछि पतञ्जलीले नमुना परीक्षणका लागि गाजियाबादस्थित रेफरल ल्याबमा पठाएको थियो ।

यहाँ पनि नमुना असुरक्षित नै पाइयो । त्यसपछि खाद्य सुरक्षा विभागले सन् २०२१ को जुलाई २८ मा मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा मुद्दा दायर गरेको थियो ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img