काठमाण्डौ ।
कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्त्वाकाङ्क्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।
तर टाइगरका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाई देखाउन सकेन । जसकारण उनको फिल्मी करियर ग्राफ निकै तल आएको छ । ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ को बक्सअफिस असफलतापछि अब टाइगरलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ । अहिले टाइगरको हातमा कुनै पनि फिल्म छैन र उनको करियर सङ्कटको अवस्थामा पुगेको छ । ‘रेम्बो यो गर्मीमा सुरु हुने तयारीमा थियो । तर बजेटको समस्याका कारण यसलाई स्थगित गरिएको छ।
जियोले टाइगरका साथ महंगो एक्सन फिल्म बनाउन सम्भव नरहेको बताइसकेको छ । ११ वटा फिल्म रिलिज हुँदा टाइगरले हालैमात्र लगातार ३ फ्लप फिल्मका साथ कुल ६ फ्लप फिल्म दिए । बक्स अफिसमा गिरावट आएपछि अहिले उनको हातमा चलचित्र छैन ।
फ्लप फिल्ममा ह्याट्रिक भएपछि निर्माताले टाइगरलाई आफ्नो पारिश्रमिकलाई सिंगल डिजिटसम्म कम गर्न सल्लाह दिइसकेका छन् । एक निर्माताले हालैमात्र टाइगरलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोडमा सीमित गर्न सल्लाह नै दिएका थिए । उनको भनाइमा अहिले टाइगरको कुनै बजार मूल्य छैन । उनले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०–३० करोड पारिश्रमिक लिएका थिए । तर दुवै फिल्म फ्लप भएपछि उनलाई नराम्ररी झट्का लागेको छ। -एजेन्सी