काठमाण्डौ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार २७.५४ अंकको वृद्धि आएको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम सम्ममा १.३३ प्रतिशतले बढेर बन्द भएको हो। यसक्रममा आज सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको हो ।
यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??