काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन। हिजो आइतबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि समेत प्रश्न उठाएका थिए ।
कांग्रेसले भने सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। यता सरकारमा बसेका मानिसहरुले जवाफ लिनुको साटो अरुमाथि आरोप लगाएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??