spot_img
spot_img
spot_img

आज २५६८ औँ बुद्ध जयन्ती

spot_img

काठमाण्डौ ।

आज शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिएको छ । आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा र आराधना गरि बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापना गर्न गरेको योगदानका लागि स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउने गर्दछन् । भगवान् गौतम बुद्धले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता थुप्रै सन्देशहरु प्रवाह गर्नु भएको छ । यसैले आजको दिनमा शान्तिको कामना गर्दै देशभर बुद्धको २५६८ औँ जयन्ती मनाइँदैछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img