काठमाण्डौ ।
सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि गठन गर्न लागिएको संसदीय छानविन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहिन टुङिगएको छ । बिहीबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो ।
संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो माग बाट पछि हटेको छैन भने सत्तारुढ दलहरुले गृहमन्त्रीको नाम नलेखि सहकारीको नामसम्म लेख्न सकिने प्रश्ताव गरेपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??