spot_img
spot_img
spot_img

आज भारतको दिल्लीसहितका आठ राज्यमा मतदान चल्दै

spot_img

काठमाण्डौ ।

भारतको आम चुनाव अन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान भइरहेको छ । छैटौँ चरणको मतदान अन्तर्गत आज ५८ सीटका लागि मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।आज दिल्लीका सात, हरियाणाका १०, बिहारका आठ, जम्मु कश्मीरको एक र झारखण्डको चार सिटका लागि मतदान हुँदैछ ।

यस्तै आजै ओडिशाका ६, उत्तर प्रदेशको १४ र पश्चिम बङ्गालको आठ सिटमा पनि मतदान भइरहेको छ । ओडिशामा भने लोकसभासँगै विधानसभाको ४२ सिटका लागि पनि मतदान भइरहेको छ । सात चरणमा हुने भारतको आम चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको हो ।

अन्तिम तथा सातौँ चरणको मतदान जुन १ मा हुनेछ । जुन १ मा बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बङ्गाल, चण्डीगढ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान हुनेछ । मतदान सकिएपछि जुन ४ तारिखदेखि सबै क्षेत्रको मतगणना शुरु हुनेछ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img