spot_img
spot_img
spot_img

राजकोट घटनापछि धमाधम गेमिङ जोन सिल गर्दै भारत

spot_img

काठमाण्डौ ।

भारतकाे गुजरातको राजकोटमा गेमिङ जोन गेमिङ जोनमा दुर्घटनापछि राजस्थानले गेमिङ जोनमाथि कडाइ गर्न थालेको छ । नगर निगम ग्रेटर र अग्नि नियन्त्रण विभागका अधिकारीहरूले आइतवार जयपुरका ६ वटा गेमिङ जोनहरू सिल गरेका हुन् । यी गेमिङ जोनहरूमा सुरक्षा त्रुटि भेटिएपछि कारबाही गरिएको हो ।

डेपुटी फायर कमिश्नर सरिता चौधरी र चीफ फायर अफिसर गौतम लालको टोलीले जयपुरका धेरै मलहरूमा गेमिङ जोन जाँच गरेका थिए । भूत बंगला, हरर हाउस, गेमर जोनलगायत ६ वटा गेमिङ जोनको फायर सेफ्टीमा त्रुटि भेटिएपछि नियन्त्रणमा लिइएको छ । राजकोटमा जस्तो दुर्घटना नहोस् भनेर निरन्तर कारबाही गरिरहेको बताइएको छ । ६ वटा गेमिङ जोन कब्जा गरिएको छ । अन्य ठाउँमा पनि अनुसन्धान भइरहेको छ ।

सिल भएका गेमिङ जोनहरू काठ, थर्माेकोल, प्लास्टिक, कपडा, रबर जस्ता अत्यधिक ज्वलनशील पदार्थहरू प्रयोग गरी बनाइएका थिए । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img