spot_img
spot_img
spot_img

रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा १६ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

रेमल चक्रवातका कारण भारत र बङ्गलादेशमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । चक्रवातले यी दुई देशका तटीय क्षेत्रमा विध्वंस गरेको छ । मुसलधारे वर्षाका कारण कयौं क्षेत्र डुबानमा परेका छन् । बङ्गलादेशमा ८४ लाख भन्दा धेरै मानिस चक्रवातको चपेटामा आएको बताइएको छ । चक्रवातका कारण बङ्गलादेशमा कम्तीमा १० जनाको मृत्यु भएको विपद् व्यवस्थापन प्रमुख मिजानुर रहमानले भनेका छन् ।

केहीको मृत्यु आश्रय स्थलमा जाने क्रममा मृत्यु भएको बताइएको छ । केहीको मृत्यु भने पर्खाल भत्किएर वा बाढीमा परेर भएको बताइएको छ ।  बंगलादेशका १९ जिल्लामा ३५ हजार घरहरू क्षतिग्रस्त भएका छन् । अरु १ लाख १५ हजार घरहरू भने आंशिक रुपमा क्षति पुगेको बताइएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा चार जनाको करेन्ट लागेर मृत्यु भएको थियो । योसँगै मर्नेको संख्या सो राज्यमा ६ जना पुगेका छन् । बंगलादेश र भारतमा गरेर झन्डै १० लाख मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img