काठमाडौं ।
सरकारले अघिल्लो बजेटमा लगाएको आलु, प्याज, स्याउको कर यस वर्षदेखि खारेज गरेको छ । आलु, प्याजस्ता दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएर उपभोक्तालाई मार पारेको भन्दै गत वर्ष आलोचना भएसँगै यस वर्ष सरकारले उक्त निर्णय फिर्ता गरेको हो ।
सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर खारेज गरेको हो । यस्तै मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??