spot_img
spot_img
spot_img

गुडिरहेको विमानको इन्जिनमा परेका व्यक्तिको मृत्यु

spot_img

काठमाण्डौ ।

नेदरल्याण्ड्सको एम्स्टर्डमस्थित शिफोल विमानस्थलमा ठुलो दुर्घटना भएको छ । विमानस्थलबाट प्रस्थानको तयारीमा रहेको विमानको इन्जिनमा एक व्यक्ति फसेका थिए । इन्जिनमा फसेका ती व्यक्तिको मृत्यु भएको छ । केएलएमको यात्रुवाहक विमान केएल १३४१ विमान डेनमार्कको बिलन्डतर्फ जान लागेको बेला यो दुर्घटना भएको हो । यस घटनाबारे केएलएमले छानबिन गरिरहेको बताइएको छ । नेदरल्यान्डको सैन्य प्रहरीले पनि यस मामिलामा छानबिन सुरु गरेको छ । सो विमानबाट सबै यात्री र क्रुलाई बाहिर निकालिएको बताइएको छ ।

मृतकको अहिलेसम्म पनि पहिचान खुलाइएको छैन । स्थानीय मिडियाका अनुसार मृतक विमानस्थलका कर्मचारी हुन सक्छन् ।

विमान छोटो दूरीको एम्ब्रेयर जेट थियो । केएलएमले  लन्डन र नजिकैका अन्य गन्तव्यहरूमा यो विमान उडान गर्दै आएको छ । शिफोल यूरोपको सबैभन्दा व्यस्त विमानस्थल हो । विमानस्थलमा कडा सुरक्षा व्यवस्था छ । यहाँ दुर्घटना नगण्य हुन्छ ।  गएको वर्ष पनि डेल्टाको यात्रुवाहक विमानको इञ्जिनमा परेर विमानस्थलका एक जना २७ वर्षीय कर्मचारीको मृत्यु भएको थियो । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img