काठमाण्डौ ।
साताको अन्तिम कारोबारको दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ। आज १९ अंक बढीले घटेर शेयर बजार बन्द भएको छ। बजार परिसूचक १९ दशमलव ८९ अंक घटेपछि नेप्से २०६९ को विन्दुमा झरेको छ। बजार घटेसँगै कारोबार रकम पनि घटेको छ।
बिहीबार ३११ वटा कम्पनीको ९८ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये तीन वटा मात्रै उपसमूह बढेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??